हिमालयन एभरेष्ट इन्सुरेन्सको साधारण सभा फागुन २७ गते: यी हुन् मुख्य एजेन्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडले  वार्षिक साधारण सभा फागुन २७ गतेका लागि बोलाएको छ । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
 सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेकोले  फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *