काठमाडाैं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल ब्राण्ड लामिनार टायल्सले पहिलो र एकमात्र फुलबडी टायल सेन्टाे संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टाे नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुलबडी टायल संग्रहलाई बजारमा ल्याएको छ ।
फुल बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टायलको रंग र बनावटमा कुनै फरक पर्दैन ।
लामिनार टायल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पिइआई रेटिङ ५ (जसले कुनै पनि टायल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण सेन्टाे टायलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।
आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटरसम्म मोटाइ भएका सेन्टाे टायलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन् ।
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टाेले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टायलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।
नेपाली उपभोक्ताहरूको लागि अब घर वा कार्यालयका भर्याङका चिप्लिने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको सेन्टाे टायल उपलब्ध भएको छ ।






