काठमाडाैं। आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ को विन्दुमा बन्द भएको हो।
आज ३ सय कम्पनीको शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनकिो घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ र अपर हेवाखोलाका लगानीकर्ताका लगानीकर्ताहरुले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंक र दोर्दी खोलाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।






