नेपाल दूरसञ्चार कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

नेपाल टेलिकम कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले आजदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले आग्रह गरेको हो ।

आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार नै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले व्यहोर्नु पर्ने समेत कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *