अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमार भिड्दै, नेपाली टिममा दुई खेलाडी परिवर्तन

काठमाडाैं। काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । दशरथ रङ्गशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि सुरु हुँदै छ ।

म्यानमार विरूद्धको फाइनल भिडन्तमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । खेलमा फरवार्ड रश्मी कुमारी घिसिङको स्थानमा रेखा पौडेल र गोलकिपर अन्जना राना मगरको स्थानमा नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले खेल्ने भएकी छिन् ।

नेपाली टोली:

गोलकिपर – एन्जिला तुम्बापो सुब्बा

डिफेन्डर – पूजा राना, गीता राना, बिमला बिक, समीक्षा घिमिरे

मिडफिल्डर- प्रीति राई, सरु लिम्बू, रेनुका नगरकोटी

फरवार्ड – सावित्रा भण्डारी साम्बा, सविता राना मगर, रेखा पौडेल।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *