सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई HRM नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ ।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

फाल्गुण १३ गते, मङ्गलबार आयोजित भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बी. सीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।

सिटिजन लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *