नेप्सेको सीईओका लागि आवेदन खुला

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा आवेदन माग गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन माग गरेको हो ।

नेप्सेको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागेको छ । उक्त पदको लागि इच्छुक नेपाली नागरिकहरुबाट आवेदन माग गरिएको छ ।

आवेदन दिनको लागि इच्छुक नेपाली नागरिकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्ने छ। उमेर हद ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । इच्छुकले फागुन १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।

पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ‍।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *