भोलिदेखि काठमाडौंमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ।

मूलपानी १३२ केभी सबस्टेसनमा भक्तपुर–चपली १३२ केपी प्रशारण लाइनको मर्मत कार्यका लागि बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।

चपली, लैनचौर, चाबहिल, बालाजु, पुरानो चाबहिल र महाराजगन्जका ११ केभी फिडरहरूमा प्रभावित क्षेत्र रहने प्राधिकरणले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *