काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् । यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ ।
सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसारविश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।
राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने- हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ र यसले यसले ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।
ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ ।






