नवलपरासी पश्चिममा दुई समुदायबीच झडप, प्रहरीको गाडीमा आगजनी

काठमाडौं। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर दुई समुदायबीचको झडपपछि तनावग्रस्त बनेको छ। प्रेम विवाहको विषयमा उत्पन्न विवादले सोमबार साँझ ठूलो झडपको रूप लिँदा केही व्यक्ती घाइते भएका छन्।

स्थानीयले विवादका क्रममा प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी जलाएका छन्। जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख भविश्वर घिमिरेका अनुसार, पाँच स्थानीय, १२ जना जनपथ प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएका छन्।

झडपका क्रममा नजिकै रहेको टायर ग्यारेजमा आगजनी भएको र त्यसपछि प्रहरीको गाडीमा बलेको टायर फालेर जलाइएको उनले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *