चन्द्र ढकालको केबलकार संकटमा: पाथीभरा बन्दको चेतावनीपछि सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयो

काठमाडौं। पाथीभरा क्षेत्रमा चन्द्र ढकालको केबलकार परियोजनाले धार्मिक, सांस्कृतिक, र स्थानीय समुदायमा गम्भीर तनाव उत्पन्न गरेको छ। यसैबीच, गृह मन्त्रालयले ‘नो केबलकार’ आन्दोलनरत समूहलाई पुनः वार्तामा बोलाएको छ।

वार्ता समितिका संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक, तथा स्थानीय समस्याहरूको समाधानका लागि गम्भीरतापूर्वक वार्तामा आउन आग्रह गरेका छन्। यसअघि, माघ ३० गते पनि समितिले वार्ताको आह्वान गरेको थियो, तर विवाद अझै समाधान हुन सकेको छैन।

बिहीबार आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि, आन्दोलनरत पक्षले अनिश्चितकालीन बन्दको चेतावनी दिएको छ। पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपले निर्माण गरिरहेको छ।

तर, लिम्बु समुदायले आफ्नो ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण भएको भन्दै विरोध जनाउँदै आएका छन्। यसले स्थानीय समुदाय र परियोजना पक्षबीचको तनावलाई अझ चर्काएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *