नागरिक लगानी कोष र एलसी इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं। नागरिक लगानी कोष र एल.सी इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि ६ महिनासम्म रहने छ ।

एलसी इनर्जीले प्रतिसेयर १०० रुपैयाँका दरले ६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो । सोही सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *