अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पतालले जनाएको छ ।

उनीहरू दुवैको शनिबारदेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार मन्त्री पौडेल र मेयर आचार्य दुवैको जलनको घाउ निको हुँदै गएको छ । ‘फोक्सोमा कुनै पनि खराब असर पारेको देखिएको छैन’, अस्पतालले भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *