काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा कायम भएको छ ।
आज ३०२ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ४ करोड माथिको सेयर कारोबार भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो सेयर किनबेच भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको २७ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।







