अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा

काठमाडौं। पोखरामा बेलुन विस्फोटमा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन्।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

यसअघि आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *