काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत र छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ।
ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३ कित्ता र छिमेकी लघुवित्तको २३ लाख ८१ हजार ७३७ कित्ता सेयर सूचीकृत भएको हो।
उक्त सूचीकृत सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ ।







