पाथीभरा केबलकार विवाद : ‘नो केबलकार समूह’लाई वार्तामा आउन समितिको अनुरोध

काठमाडाैं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा आउन अनुरोध गरेका हुन् ।

ताप्लेजुङको समस्या समाधानका लागि भनेर गृह मन्त्रालयले भट्टराईको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले माघ २२ गते आन्दोलनरत पक्षसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो ।

माघ २७ गते पनि दुई पक्षबीच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *