आईजीआई प्रुडेन्सियल इन्सुरेन्सले लाभांश प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडाैं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारणसभा फागुन २५ गते आईतबार आयोजित गर्ने भएको छ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

सभामा कम्पनीले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

यसका अनुसार, फागुन ११ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांश र सभा मा भाग लिन सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *