स्टेजमै भक्कानिइन् एलिना, भनिन्- ‘धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ’

काठमाडाैं । गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने बताएकी छन्। आज ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी एलिनाले दर्शकहरूसँग गाउन मन नलाग्ने बताएकी हुन्।

‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

उनी स्टेजमै भक्कानिएकी थिइन्। ‘भर्खर-भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्। चौहानले गतसाता मात्रै काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *