गगन थापाको प्रश्न:- जाजरकोटका भूकम्प र बाढी प्रभावित नागरिकलाई राहत कहिले ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जाजरकोटका भूकम्पपीडित र असोजमा आएको बाढीले क्षति पुगेका नागरिकहरूलाई किस्ता नदिएको भन्दै सरकारको आलोचना गरेका छन्।

बिहीबारको प्रतिनिधि सभामा बोल्दै थापाले भूकम्पले भत्काएका घर र असोजमा आएको बाढीले भत्किएका घरलाई अस्थायी आवास दिने सरकारको निर्णय कहाँ गयो? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

‘बाढीले प्रभाव पारेका ४१ वटा सडक खण्डमा पुनर्निर्माण गर्न २५ अर्ब चाहिनेछ। सरकारले बजेटमा २१ अर्ब छुट्टाएको छ। यो पैसा कहाँबाट आउँछ? बर्खामा सडक कसरी बन्छ? जाजरकोटको भूकम्प, असोजको बाढी र यसमा सरकारले के गरिरहेको छ? हामी जान्न चाहन्छौं’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *