नेपाल राष्ट्र बैंकले नोट छपाइका लागि प्राथमिक चरणमा १० कम्पनीहरुको छनोट गरेको छ । राष्ट्र बैंकले गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत आवेदन दिएका १० विदेशी कम्पनीहरु प्राथमिक छनोट गरेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको जनाएको छ ।
यस्तै, ज्वाइन्ट स्टक कम्पनी गोजांक, रसिया, कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्वीजरल्याण्ड र सेक्युरिटी प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड, इन्डिया समेत छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले यसअघि नेपाली नोट डिजाइन, छपाई तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो । सोही बोलकबोलमार्फत परेका आवेदनहरु मध्येबाट बैंकले प्राथमिक चरणमा १० कम्पनीलाई छनोट गरेर सार्वजनिक गरेको हो ।