काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.४१ अंकले घटेर २७३० को विन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ । आज ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबै भन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज फोकस्ड इक्विटी फन्डका इकाईधनीले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।






