वाणिज्य बैंकहरुले ६ महिनामा तिरे १२ अर्बबढी राजस्व, नबिल पहिलो बन्दा, कुन बैंकले कति बुझाए ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ६ महिनामा सरकारलाई १२ अर्बभन्दा बढी राजस्व बुझाएका छन् । समिक्षा अवधिमा ११ बैंकहरुको आयकर घटेको छ भने ९ वटा बैंकहरुको बढेको छ। समिक्षाअवधिमा नेपाल बैंकको आयकर भने ४ करोड २४ लाख रुपैयाँले ऋणात्मक छ ।

वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्ममा १२ अर्ब ३६ करोड ६२ लाख ८५ हजार रुपैयाँ राजस्व बुझाएका थिए । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले सरकारलाई १२ अर्ब ६६ करोड १४ लाख ४० हजार रुपैयाँ राजस्व तिरेका थिए । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त राजस्व २.३३ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक राजस्व बुझाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा बैंकले सरकारलाई तिर्ने राजस्व ५.५७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका नबिलले सरकारलाई १अर्ब ३१ करोड ८६ लाख रुपैयाँ राजस्व बुझाएको थियो ।

त्यस्तै, सबैभन्दा बढी कर तिर्ने बैंकको दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले ६ महिनामा सरकारलाई १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ आयकर बुझाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले सरकारलाई ७७ करोड ९१ लाख रुपैयाँ कर बुझाएको थियो । यो गत आर्थिक वर्षको तुलनामा ५६.२८ प्रतिशतले बढी हो ।

त्यसैगरी, सबैभन्दा बढी कर तिर्ने बैंकको तेस्रो नम्बरमा प्रभु बैंक रहेको छ। यस बैंकले १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ राजस्व बुझाएको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६३.३८ प्रतिशतले बढी हो

समिक्षा अवधिमा ग्लोबल आइएमईले १ अर्ब १५ करोड, एभरेष्ट बैंकले १ अर्ब ३ करोड, एनएमबि बैंकले ८३ करोड, प्राइम बैंकले ७९करोड, स्टान्डर्ड चार्टड बैंकले ७० करोड, हिमालयन बैंकले ६५ करोड, लक्ष्मी सनराइज बैंकले ५० करोड राजश्व बुझाएका छन् ।

त्यसैगरी,  सानिमा बैंकले ४५ करोड, नेपाल एसबिआई बैंकले ४४ करोड र कुमारी बैंकले ४१ करोड रुपैयाँ, कृषि विकास बैंकले ३९ करोड, माछापुछ्च्रे बैंकले ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड, सिटिजन बैंकले २६ करोड, सिद्धार्थ बैंकले २३ करोड र एनआईसी एशिया बैंकले ६ करोड राजस्व सरकारलाई बुझाएका छन् ।

तालिकामा हेरौँ , कुन बैंकले कति बुझाए राजस्व:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *