अमेरिकी डलरको मूल्य बढ्यो, अन्य देशको कति ?

काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १५ गते मंगलबार १ अमेरिकी डलरकोबिक्रीदर १३८ रुपैयाँ ४६ पैसा र खरिददर १३७ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसअघि १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ २४ पैसा र खरिददर १३७ रुपैयाँ ६४ पैसा थियो ।

आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ १८ पैसा खरिददर १७२ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ र खरिददर ८ रुपैयाँ ९६ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४५ पैसा रहेको छ ।

आज कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *