सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो दिनदेखि सुनको मूल्य निरन्तर रुपमा बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *