आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।जसअनुसार आज माघ ८ गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा र खरिददर १३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।
बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ४० पैसा खरिददर १६८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ८८ पैसा र खरिददर ८ रुपैयाँ ८४ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा तोकिएको छ ।
आज क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *