आज नेप्सेमा कारोबारको सुरुवातदेखि नै उच्च अंकको गिरावट भइरहेको छ । यस अवधिमा नेप्से ४३.४० अंकले घटेर दुई हजार ४ सय ५५ दशमलब १३ विन्दुमा पुगेको छ ।आज २ अर्ब २० करोड ९३ लाख बराबरको कारोबार भएको छ ।
शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५६.१० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ ।
Artha Sanjal






