बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात माघ १ गते, नेपाली बजारमा यस्तो सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिन तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *