


काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल