सिन्धु विकास बैंकद्वारा २०७९ सालको भित्ते तथा टेबल पात्रोहरु विमोचन

सिन्धु विकास बैंक लिमिटेडले २०७९ सालको भित्ते तथा टेबल पात्रोहरुविमोचन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले एक कार्यक्रमबीच भित्ते र टेबल पात्रो विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिति थियो ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकका रुपमा स्थापित सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लामा २४ वटा शाखा कार्यालय र २ वटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाका लागी सम्पूर्ण शाखा कार्यालयमार्फत सन्ध्याकालीन बैंकिङ सेवा, मोबाइल बैंकिङ, एसटीसी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड, सी–आस्बालगायत सेवाहरु प्रदानसमेत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *