मुक्तिनाथ विकास बैंकद्धारा दुई लाख सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ ।

बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच उक्त रकमबराबरको हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश-१ का प्रमुख श्री मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरूको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवालकको उपस्थिति थियो ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *