काठमाडाैं । आज साताकाे अन्तिम काराेबारकाे दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा झरेको छ।
आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड माथिको शेयर कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ । याे दिन ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी कम्पनीको २८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज रिभर फल्स पावरका लगानकिर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले गुमाएका हुने ।
अर्थ सन्जाल