१९ लाखले भरे गार्डियन माइक्रोलाइफको आईपीओ, १ लाख ८४ हजार ५ सयले मात्रै पाउने

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) १९ लाख ६ हजार ७४८ ले भरेका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरोसेयरमार्फत सो संख्याले आवेदन दिएको हो । आवेदन लिने कार्य बन्द भइसकेको छ ।

कम्पनीको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । करिब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी सबैको हात रित्तो हुनेछ । सबैलाई बाँडफाँट गर्न नपुग्ने भएकाले १० कित्ताका दरले १ लाख ८४ हजार ५ सय जनाले मात्रै पाउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *