काठमाडौं। आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा र खरिददर १३६ रुपैयाँ ८५ पैसा छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा र खरिद दर १७१ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०३ पैसा छ ।
त्यस्तै आज कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल