नेप्सेले गर्‍यो सात कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। ७ कम्पनीहरु: हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सूर्योदय वोमी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १३ सय ६१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ११ सय ८३.४८ रुपैयाँ कायम भएको छ ।

कालिका लघुवित्तको ९.५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११ सय रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य १ हजार ४.५७ रुपैयाँ कायम भएको छ ।

कालिका पावर कम्पनीको ७ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५३९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५०३.७४ रुपैयाँ कायम भएको छ ।

लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४६६.०२ रुपैयाँ कायम भएको छ ।

मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ७३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८०.९३ रुपैयाँ कायम भएको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १.८६५९ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५६५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५५४.६५ रुपैयाँ कायम भएको छ ।

सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ७५७.३० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ७१४.४३ रुपैयाँ कायम भएको छ । आइतबार  कम्पनीको सोही मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *