यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं। मंगलबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको हो

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लागि यी कम्पनीहरुले भोली एक दिन बुकक्लोज गर्दैछन्। त्यसैले आजसम्म शेयरधनी बन्ने शेयधनीले मात्र सभामा भाग लिन तथा कम्पनीले दिने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी सनराइज बैंक हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ । बैंकले उक्त प्रस्ताव पारत गर्न पुस २९ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजे सभा बोलाएको छ ।

त्यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले पुस २६ गते, शुक्रबार, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।

त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको सभा पुस २३ गते, मंगलबार, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजे हुने छ ।

यता, आइसिएफसि फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ (कर सहित) प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *