वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, मंसिरमा मात्रै ८४ हजार २२६ जनाले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा ८४ हजार २२६ जना नेपालीहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । स्वीकृति लिएका मध्ये ७५ हजार ५५५ जना पुरुष र ८ हजार ६७१ जना महिला रहेका छन् । यो गत वर्ष मंसिरको भन्दा १६ हजार २५ बढी हो ।

गत आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा वैदेशिक रोजगारीमा जान ६८ हजार २०१ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

मंसिर महिनामा युएई जानको लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । युएईका लागि २४ हजार ७६९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *