हुम्लामा नेपाल टेलिकमका बीटीएस टावरमा क्षति

काठमाडौं । हुम्लाका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका बीटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ। बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको टेलिकमको दाबी छ।

सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिङ केबलमा क्षति पुगेको टेलिकमले जनाएको छ। भौगोलिक विकटताका कारण मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने टेलिकमको भनाइ छ।

साथै सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्याउने र सर्वसाधारणको सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउन समेत टेलिकम अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *