सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यो कार्ड विशिष्ट सेवाहरूको पहुँच प्रदान गर्न भिसाद्वारा जारी विशेष श्रेणीको क्रेडिट कार्ड हो।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेलपछि आयोजित विशेष कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले कार्ड सार्वजनिक गरेका हुन् ।

भिसा प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, जीवनलाई सरल र व्यवस्थित बनाउने तथा उच्चस्तरीय सुविधाहरू प्रदान गर्ने विश्वास बैंकले लिएको छ। कार्ड प्रयोगकर्ताहरूले बैंकको ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर थप जानकारी प्राप्त गर्न सक्नेछन्।

प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने छ । उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जनाएको छ ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *