मेगा बैंकको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्तिमा विक्री गर्ने

मेगा बैंक नेपाल लिमिटेडले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आव्हान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो । बैंकले सोमवार सुचना जारी गरी शेयर खरीद गर्न इच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *