यू–१९ एसिया कप: नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं। मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । भारतका लागि पारुनिका सिसोदियाले तीन विकेट लिइन् ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *