करोडौंको सम्पत्तिबारे समाचार आएपछि निकिताको प्रतिक्रिया: ‘४ करोडको घरको किस्ता आजसम्म तिर्दै छु’

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन्। आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो। यति/उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि १ श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको पौडेलले बताइन्। उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएकोसमेत जानकारी गराएकी छिन्।

उनले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न। मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *