बढ्यो अन्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । आज संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ ।

यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *