काठमाडौं। बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ ।
यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।
हकप्रदका लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको ले कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रद सेयरमा स १९ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल