काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन्
आइतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकनपश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताएका हुन्। उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए।
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको भन्दै उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको र त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने दावी गरे।
Artha Sanjal
अर्थ सन्जाल