टस हारेर पहिले ब्याटिङ गर्दै जनकपुर, कसको पल्ला भारी ?

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लगातार पराजित हुँदै आएको लुम्बिनी लायन्सले लगातार जित निकाल्दै आएको जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ। तुलबहादुर थापाको स्थानमा शेर मल्ल पहिलो रोजाइमा खेल्दै छन्।

लुम्बिनीले भने तीन परिवर्तन गरेको छ। उन्मुक्त चन्द, दिनेश अधिकारी र सूर्य तामाङको स्थानमा आशुतोष घिरैया, बेन कटिङ र अभिषेष गौतम पहिलो रोजाइमा खेल्दैछन्।

जनकपुर बोल्ट्स प्लेइङ ११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन्  भने  लुम्बिनी लायन्स प्लेइङ ११ मा  आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *