काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो ।







