काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गर्दै विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गरेको छ ।
अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको थियो । यो मान्यताले नेपालमा फोटोन ईभी सवारी साधनहरू अपनाउँदै दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ ।
ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरे । यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुन: परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्छ ।
अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए । प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यो मान्यताले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई जोड दिन्छ ।
यी अवार्डहरूले नेपालमा ‘इनर्जी-इफिसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई पुन: पुष्टि गर्दछ । दिगोपनका लागि विद्युतीय सवारीसाधनलाई विस्तार गरेर समूहले राष्ट्रको अटोमोटिभ उद्योगमा नयाँ मानकहरू स्थापित गरेको छ ।
फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको छ । यी मान्यताहरूले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिन्छ ।
अर्थ सन्जाल