सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाईड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवका लागि शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा बोलाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *