सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १७ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पुस ६ गते शनिबार विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्ने निणर्य गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (करसमेत)  शेयरधनीलाई वितरण गर्ने निणर्य गरिसकेकाले सो निणर्य पारितका लागि सभामा पेश गर्नेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने एजेन्डा रहेको छ।

सभाप्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएकाले मङ्सिर २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *